फनपार्क र टुकुचाको भाडा सम्झौता रद्ध,तत्काल हटाउन परिषदको निर्देशन

बैशाख, १७ काठमाडौं — समाज कल्याण परिषदले भृकुटीमण्डपमा सञ्चालित फनपार्क र टुकुचामा सञ्चालित तरकारी बजारको भाडा सम्झौता रद्द गरेको छ । परिषद्का अनुसार फनपार्क र तरकारी बजारको भाडा सम्झौता अस्वाभाविक देखिएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । समितिले अध्ययनपछि सम्पूर्ण प्रतिवेदन सरकारलाई बुझाएको थियो । मन्त्रिपरिषद निर्णयपछि भाडा सम्झौता खारेज गर्न सरकारले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको थियो ।
भृकुटीमण्डपस्थित ८३ रोपनी जग्गामा पूर्वश्रमराज्यमन्त्री टेकबहादुर गुरुङले फनपार्क र ल्यामापुचःले मनोरञ्जन स्टल सञ्चालन गर्दै आएका थिए । टुकुचाको ८.५ रोपनी जग्गामा हरितकृषि सहकारीले तरकारी बजार सञ्चालन गर्दै आएको थियो ।
सम्झौताअनुसार ल्यामपुचःले ०७८ सालसम्म भाडाको जग्गा उपभोग गर्न पाउनेछ ।