बैशाख, १६ काठमाडौं — चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ व्यबसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छन् ।
‘नेपाल–चाइना आर्थिक तथा व्यापारिक मञ्च–२०१९, लगानीका अवसर र आर्थिक सहकार्य’ लाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ढुक्क भएर नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई अनुरोध गरेकी हुन् ।
काठमाडौंमा लगानी सम्मेलन सम्पन्न भएको र सम्मेलनमा चिनियाँ उद्यमीको राम्रो उपस्थिति रहेको बताउँदै राष्ट्रपति भण्डारीले चिनियाँ लगानीका लागि नेपाल सर्वोत्कृष्ट स्थान रहेकोमा जोड दिइन्।