बैशाख १५, काठमाडौं – नेपाल पत्रकार महासंघले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटि १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा आइतबार विहान दाहाल र देउवा निवास पुगेर महासंघले १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
महासंघले कानुनबाट प्रेस स्वतन्त्रता विरोधी प्रावधानहरु सच्याउन पनि माग गरेको छ । पत्रकारहरुमाथि ज्यादती बढेको भन्दै नरोके आन्दोलन गर्ने चेतावनी पत्रकार महासंघले दिएको छ।