सिके राउतको कार्यकर्तामाथी लागेका सबै मुद्धा खारेज गर्ने सरकारको तयारी

वैशाख११, काठमाडौं – सिके राउतको कार्यकर्तामाथी लागेका सबै किसिमका मुद्धा खारेज गर्ने जनाइएको छ ।

विभिन्न मुद्दा लगाइएका कार्यकर्ताको सूची सहित गृहमन्त्रालय पुगेका सिके राउत नेतृत्वको जनमत पार्टीका नेता चन्दन सिंहलाई गृहसचिव प्रेम राईले चाँडोभन्दा चाँडो मुद्दा फिर्ता लिइने विश्वास दिलाएका हुन् ।

गत फागुन २४ गते सरकार र सिके राउतवीच भएको सहमतिका आधारमा राउतका नेता कार्यकर्तामाथि लागेका सबैखाले मुद्दा फिर्ता लिन सरकार तयार भएको सहमतीमा उल्लेख छ ।

यसैवीच, आफूलाई गान्धीवादी बताउने सिके राउतले जनकपुर बम काण्डमा मुछिएर जेल परेका सञ्जय शाहको बचाउने पक्षमा उभिएका छन् । मधेसी पार्टीले आफ्नै सांसद सञ्जय साहलाई जेलमा राखेको भन्दै राउतले साहको वकालत गरेका हुन् ।

त्यस्तै कैलाली घटनामा जेल परेका रेशम चौधरीलाई पनि जेलमुक्त गर्ने दाबी डा. राउतको छ ।