राष्ट्रपति चीन प्रस्थानको क्रममा ४० मिनेट विमानस्थल ठप्प

बैशाख ११, काठमाडौं – बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग राष्ट्रपति भण्डारी बुधबार चीन प्रस्थान गरेकी छन् ।
उनलाई प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापालगायतले त्रिभुवन विमानस्थल पुगेर बिदाई गरे ।

उनी चीन प्रस्थान गर्दा त्रिभुवन विमानस्थलको अन्य उडान चालिस मिनेट ठप्प भएका छन्। बिहान १०ः४५ देखि विमानस्थलमा नोटाम (नोटिस टु एइर म्यान) चालिस मिनेटका लागि जारी भएको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिएका छन् ।