बैशाख ११, काठमाडौं — धादिङको नौविसेलाई केन्द्रबिन्दु बनाएर आज बिहानै गएको भूकम्पको पराकम्पबाट कुनै पनि क्षति नभएको गृह मन्त्रालयले बताएको छ ।
ट्वीटरबाट मन्त्रालयले आफ्नो प्रारम्भिक सूचनाका आधारमा हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको जनाएको हो।
बुधबार बिहान ६ बजेर २९ मिनेटमा तथा ६ बजेर ४० मिनेटमा भूकम्पका धक्का महशुस गरिएका हुन् ।
१२ मिनेटको फरकमा गएका दुई मध्ये पहिलो भूकम्पको धक्का ५.२ र दोश्रो ४.३ म्याग्निच्यूडको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। वैशाख १२ मा गएको विनाशकारी भूकम्पको ४ वर्ष पुग्न एकदिन अगाडी यो पराकम्प महशुस गरिएको हो।