कामै गर्न नसकेको आरोप लाग्यो – आईजीपी खनाल

बैशाख ९, काठमाडौं —नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले ममाथि कामै गर्न नसकेको आरोप लाग्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजीपी खनालले निर्मला पन्त हत्याकाण्डमा कमजोरी गर्ने प्रहरीमाथि कार्वाही गर्दा पनि आफूले सुःख नपाएको गुनासो पनि गरे ।
आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो हत्याकाण्डको अनुसन्धान भईरहेको पनि स्पष्ट पारे ।
खनालले नेपाल प्रहरीले आफ्नो अनुसन्धानको कामलाई इमान्दारिताका साथ अघि बढाएको दावी पनि गरे । उनले आफूमाथि कामै गर्न नसकेको गुनासो आउनु न्यायोचित र तर्कसम्मत नहुने दावी पनि गरे ।