फेसबुकले अनुमतिविना १५ लाख फेसवुक प्रयोगकर्ताका इमेल ठेगानाहरु अपलोड गर्याे

बैशाष ८, काडमाडौं — फेसबुकले अनुमतिविना १५ लाख फेसवुक प्रयोगकर्ताका इमेल ठेगानाहरु अपलोड गरेको स्वीकारेको छ । तर नियतबस आफूले यस्तो नगरेको फेसबुकले दाबी गरेको छ ।

फेसबुकले आफ्ना नयाँ प्रयोगकर्तालाई आफ्नो इमेल अकाउन्टको पावसर्ड समेत उपलब्ध गराउन आग्रह गरेको र प्रयोगकर्ताको इमेल ठेगाना कपी गरेको थियो ।

यस विषयमा गलत भएको महसुस भएसँगै अहिले फेसबुकले नयाँ प्रयोगकर्ताको पहिचान प्रमाणित गर्ने फरक विधि अबलम्बन गरेको र इमेल कपी गर्न छाडेको बताएको छ ।

विगतमा यसरी इमेल ठेगाना लिइएका प्रयोगकर्तालाई जानकारी गराइने र उनीहरुका संकलित इमेल जानकारीहरु डिलिट गरिने पनि फेसबुकले जनाएको छ ।

फेसबुकले यसरी संकलन गरेका प्रयोगकर्ताका जानकारीहरु प्रयोगकर्ताबीचको व्यक्तिगत तथा सामाजिक सम्बन्धहरुको बारेमा थाहा पाउनका लागि प्रयोग गर्ने गरेको अनुमान गरिएको छ ।

बिजनेस इनसाइडरले फेसबुकको यस कार्यको बारेमा सबैभन्दा पहिले समाचार सार्वजनिक गरेको थियो । प्रयोगकर्ताको अनुमति विना यसरी कन्ट्याक्टहरु संकलन गर्न थालिएको सन् २०१६ को मे महिनादेखि भएको फेसबुकले स्विकार गरेको छ ।

source: onlinekhabar