काठमाडौँ उपत्यकामा मेट्रो रेल गुडाउन जम्मा एक जनाको मात्र लगानी प्रस्ताव आयो

बैशाष ८, काडमाडौं — काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि जम्मा एउटाको लगानी प्रस्ताव आएको छ ।
गत चैत १५ र १६ मा प्रस्तुत गरिएका मध्ये उपत्यकाको मेट्रो रेल परियोजना निर्माणका लागि जम्मा एउटा मात्रै लगानी प्रस्ताव आएको हो ।

काठमाडौं उपत्यकाभित्र ७७ दशमलब २८ किमी दुरीमा सहरी मेट्रो रेल निर्माण गर्ने ईच्छुकलाई शनिबारसम्म लगानी प्रस्ताव पेश गर्न समय दिइएको थियो । तर, सम्मेलनमा प्राप्त एउटा प्रस्ताव बाहेक त्यसयता कसैले यो परियोजनामा चासो देखाएका छैनन् । बोर्डले प्रस्तावकको नाम भने खुलाएको छैन ।

बुट मोडेलमा निर्माण गर्न काठमाडौं मेट्रो रेल परियोजनाका लागि ३ खर्ब ३१ अर्ब ९२ करोड लागत प्रस्ताव गरिएको हो छ ।
बोर्डले बिहीबारको ३७औं बैठकले मेट्रो रेलसहितका अन्य परियोजनामा लगानी प्रस्ताव गर्न थप एक महिना (२० मे सम्म) समय थप गरेको छ ।
सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोकसम्मको १२ दशमलब १० किमीको रुटमा चढ्ने ओराल्ने ११ स्टेशन प्रस्ताव गरिएको छ । यस्तै किर्तिपुर–कालिमाटी–बानेश्वर–एयरपोर्टसम्मको ११ दशमलब ५ किमीको जमीनमाथिको रुटमा ९ वटा स्टेशन हुनेछ ।

यस्तै जमीनमाथि नै बन्ने कोटेश्वर–चावहील–स्वयंम्भूनाथ–कोटेश्वरसम्मको २८ दशमलब ५ किमीको रुटमा १७ वटा चढ्ने–ओर्लनले स्टेशन प्रस्ताव गरिएको छ ।

स्वयंम्भूनाथ–डिल्लीबजार–बौद्धसम्म बन्ने ११ दशमलब ७० किमी र धोबिघाट–सिंहदरबार–नक्साल–गोगंबुसम्मको १३ दशमलब ८० किमीको अण्डरग्राउड रुटमा समान १०र१० वटा स्टेशन हुनेछन् । कूल ५७ वटा आधुनिक स्टेशन र दुई वटा टर्मिनल बन्नेछन् ।
प्रत्येक स्टेशनमा यात्रुको सहजताका लागि रेल आउने जाने समयतालिका र अन्य जानकारी दिनेगरी ‘रियलटाइम इन्फरमेसन डिस्प्ले’ राखिनेछन् । यो मेट्रो रेल दुईतर्फी हुनेछ ।

यो रेल्वे २० घण्टा सञ्लान गर्ने योजना छ । काठमाडौं मेट्रो रेल सञ्चालनमा आएपछि दैनिक एक लाख १९ हजार जना बढी यात्रु ओहोर दोहोर गर्ने प्रक्षेपण गरिएको छ ।

सञ्चालन भएपछि सन् २०४९ सम्म बढेर यात्रुको चाप बढेर १ लाख ७९ हजारसम्म पुग्ने अनुमान छ । सार्वजनिक–नीजि साझेदारी (बूट) मोडेलमा बन्ने काठमाडौं मेट्रो रेलको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) एक वर्ष बनाइ पाँच वर्ष भित्र निर्माण सक्ने योजना छ ।