वैशाख८, सिन्धुपाल्चोक — भूकम्ले खोसिएको माझी वस्तीको खुशी नयाँ घरको पुननिर्माण कार्यले फर्किएको छ । २०७२ साल वैशाखको गोर्खा भूकम्पसँगै गुमेको माझी समुदायको खुसी तीन वर्षपछि नयाँ घहरु बनेपछि फर्केको हो ।
अहिले यहाँका माझी वस्ती अब पक्की घमा बस्न पाएका छन् । इन्द्रावती गाउँपालिका ११ बिसदेउटारकी चमेली माझी सोही ठाउँका कालीबहादुर माझी लगाएत यहाँका स्थानीयहरुको अनुहारमा बस्तीमै नयाँ घर बनेपछि खुशी छाएको छ ।
तर ईन्दवतीको नजिकमा रहेका यहाँका समुदायमा पानीको समस्या भएकाले पानी पनि छिट्टै ल्याउने तयारी भईरहेको छ ।