बैशाख ७, काठमाडौं – नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट १’ अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस) मा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रुपमा डक भएको छ ।
नेपाली विज्ञान ताथ प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) को सहकार्यमा निर्मित भूउपग्रह बिहीबार राति २ः३१ मा अन्तरिक्षतर्फ पठाइएको थियो ।
नेपालको पहिलो भूउपग्रह पुग्यो अन्तरिक्ष कक्ष
