बैशाख ६, काठमाडौं – भ्रष्टचार बिरुद्ध आवाज उठाउदै आएका श्रम कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोप सहितको पत्र पठाएपछि यतिबेला सो बिषय चर्चाको बिषय बनेको छ ।
सन्जेल यतिबेला सामाजिक सञ्जालमा समेत छाएका छन् । यो बिषयलाई लिएर चर्चा परिचर्चा भएको छ । विश्वर सिंह मेवाहाङ आफ्नो फेसबुक पेजमा लेख्छर्् अख्तियारले ठूलो माछा समाउने भन्थ्यो, आज समाएछ प्रेम सञ्जेललाई जसले घुसको नाममा एउटा चक्लेट पनि सायदै खाए होलान । यो देशमा राम्रो गर्ने र भलो चिताउने हित कहिल्यै भएन ।
कृष्ण ज्ञवालीले टिव्ट गर्दै लेखेका छन्र्
आयल निगमको जग्गा –चुप्प
वाईडबडी – चुप्प
हायातकाण्ड– चुप्प
बालुवाटार जग्गामा अख्तियारभित्रै सेटिङ –चुप्प
प्रेम सञ्जेललाई चै ३ दिनभित्र हाजिर हुन पत्र
के अख्तियारका पदाधिकारीहरुमा लोकमानको भड्किएको आत्मा पसेकै हो ?
अख्तियारले साच्चै ठूलो माछा भेटाएछ– प्रेम सञ्जेल आयल निगमको जग्गा– चुप्प वाईडबडी –चुप्प हायातकाण्ड– चुप्प बालवाटार जग्गामा अख्तियारभित्रै सेटिङ– चुप्प प्रेम सञ्जेललाई चै ३ दिनभित्र हाजिर हुन पत्र ! के अख्तियारका पदाधिकारीहरुमा लोकमानको भड्किएको आत्मा पसेकै हो ?
अदभुत ! एक इमानदार राष्ट्रसेवक विरुद्ध राज्य संयन्त्र । यो नयाँ भने होइन । चाकरीचाप्लुसी नगर्नेहरु हरेक कालमा यसरी नै प्रताडित हुँदै आएका छन् । राणाकालदेखि नयाँ नेपालसम्म फरकफरक स्वरुपमा यस्तै चलिरहेको छ । अब सञ्जेल पनि थपिनु भयो । अख्तियारमा बस्नेले अब सामूहिक राजिनामा दिए वेश हुन्छ । पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
उनको यो स्टाटसमा कमेन्ट गर्दै स्रमाज्ञी शर्मा लेख्छन् निर्दो्शिलाई जेल हाल अनि चोर, लुटा, घुसिया, गुन्डा आदिलाई जल मल हालेरपाल है , अनि अजै अरु सरकारी जग्गा आफ्नो नाममा बनाउन सक्छन कि त…. लाचार सरकार अनि अक्तियार…… गर्नु नै छ भनी करोडौं ,करोडौं घुस लिनेलाइ र अदालतमा करोडौं घुस दिएर, मुद्दा जित्ने र जिताउने लाई गर्नु कारबाही हस् धन्यवाद ।
Shamragi Sharma निर्दोशिलाई जेल हाल अनि चोर, लुटा, घुसिया, गुन्डा आदिलाई जल मल हालेरपाल है , अनि अजै अरु सरकारी जग्गा आफ्नो नाममा बनाउन सक्छन कि त…. लाचार सरकार अनि अक्तियार…… गर्नु नै छ भनी करोडौं ,करोडौं घुस लिनेलाइ र अदालतमा करोडौं घुस दिएर, मुद्दा जित्ने र जिताउने लाई गर्नु कारबाही हस् धन्यवाद 🙏