जनप्रतिनिधिहरु समेटेर नेकपामा पार्टीको जिल्ला अध्यक्ष र सचिव बनाउने प्रचण्डको प्रस्ताव

वैशाख४, काठमाडौं  — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिहरु सहितको पार्टीको जिल्ला अध्यक्ष र सचिव बनाउने प्रस्ताव ल्याएका छन् ।  प्रचण्डको प्रस्तावलाई वरिष्ठ नेता माधवकुमार नेपालले सहमती जनाउदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै जवाफ आएको छैन ।

जनप्रतिनिधि भइसकेकालाई पार्टीको कार्याकारी भूमिकामा रहने गरी जिल्ला अध्यक्ष र सचिव नबनाउने नेकपाको मापदण्ड थियो । तर, ओलीले समुहुले प्रदेश ५ लगायतका ठाउँमा मापदण्ड विपरीत आफ्नो समूहका नेताहरुको नाम पठाएपछि माधवकुमार नेपाल समूहले आपत्ति जनाउदै वरिष्ठताका आधारमा जिम्मेवारी दिनुपर्ने तर्क सारेको छ ।

उक्त विवादका कारण तत्कालीन एमाले र माओवादीबीच पूर्वएमाले समूहमा देखिएको भागवण्डा करिब मिलिसक्दा पनि नेकपाको जिल्ला अध्यक्ष र सचिवहरु तोकिएका छैनन् ।

यसै विच पार्टी एकताका बाँकी काम टुंग्याउन नेकपाका नेताहरुले वैशाख ९गतेलाइृ भाका सारेका छन् ।  त्यसैगरी जिल्ला, प्रदेश कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया पनि टुंगोमा पुग्न बाँकी छ ।