ठूला करदाता कार्यालयले ३९ अर्ब कर तिर्न एनसेललाई सात दिने अल्टिमेटम

बैशाख ४, काठमाडौं — ठूला करदाता कार्यालयले पुँजीगत लाभकर तिर्न एलसेल प्रालिलाई सातदिने अल्टिमेटम दिएको छ । कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ ७१ पैसा तिर्नुपर्ने कर निर्धारण गरेको छ ।

एनसेलको बिक्रीबापतको कुल कर भने ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा निर्धारण गरेको छ। एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको छ। अब सात दिनभित्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा बुझाउनुपर्ने हुन्छ।

एनसेलले यसअघि २०७३ वैशाख २६ र २०७४ जेठ २ मा गरी २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रुपैयाँ कर र दुई अर्ब दुई करोड ६२ लाख ३४ हजार ८५१ रुपैयाँ विलम्ब शुल्क बुझाएको थियो।