महासचिव पौडेललाई पार्टी भित्रैबाट निलम्बन गर्न माग

बैशाख ४, काठमाडौं — बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई निलम्बन गर्नुपर्ने माग नेकपा नेताले गरेका छन् ।

बिबिसीका अनुशार नेता भीम रावलल महासचिवबाट गल्ती भएके त्यसबारे थप अध्ययन भइरहेको जानकारी दिएका छन् ।
नेकपा केन्द्रिय सदस्य तथा सांसद मेटमणि चौधरीले छानबिन सहज बनाउन पौडेल स्वयम्ले पदत्याग गर्नुपर्ने अन्यथा पार्टीले निलम्बन गरेर छानबिन गर्नुपर्ने बताएको बिबिसीले उल्लेख गरेको छ ।

चौधरी भन्छन् ‘निलम्बन गर्न सकिएन भने पार्टीको मातहतमा नेता रहने कि नेताको मातहतमा पार्टीलाई राख्ने? भन्ने प्रश्न उठ्छ । स्वाभाविक रूपमा लेनिनवादी पार्टी भएकाले नेतालाई पार्टी मातहतमा राख्नै पर्छ’, ।

अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टीले पनि सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र दोषीमाथि माथि कारवाही हुनुपर्ने उल्लेख गरेका छन् ।
पौडेलले भने समाचार प्रकाशमा आएपछि विज्ञप्ति जारी गर्दै व्यक्तिबाट प्रक्रिया पूरा गरेर आफ्नो परिवारको सदस्यको नाममा जग्गा किनेको जनाएका छन् ।