बैशाख ३, काठमाडौं — गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–३ र ७ को वडागाँउ र वामी जोड्ने झेदीको पुलढलान गरेको दुई दिनमै भत्किएको छ ।
बिचमा पिल्लर नभएको ५५ मिटर लामो सो पुल २०७३ सालमा सम्झौता भई २०७४ सालमा निर्माण थालिएको थियो । अहिले यसको अनुगमनको जिम्मा प्रदेश ५ अन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय गुल्मी मातहत रहेको छ ।
तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्स्ट्रक्सन प्रालिले निर्माण गर्दै गरेको सो पुल शुक्रबार ढलान गरिएको थियो ।