२०७५ सालमा सरकार हरेक क्षेत्रमा असफल : काग्रेस

बैशाख, ३ काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २०७५ सालमा सरकारको गतिविधि निराशाजनक भएको आरोप लगाएको छ। वर्ष २०७५ मा सरकारले गरेको गतिविधिको समीक्षा गर्न पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले सरकार हरेक क्षेत्रमा असफल भएको आरोप लगाएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष अघिल्ला वर्षका सरकारजस्तो अस्थिरता भोग्नुपर्ने अवस्था नभए पनि काम गर्न नसकेको आरोप कांग्रेसको भनाई रहेको छ ।

सरकारले भ्रष्टाचार अन्त्य गर्छु भने पनि जताततै भ्रष्टाचार देखिएको प्रवक्ता शर्माले बताए । सरकारी जग्गा निजीकरण गर्न लागेका माफियामाथि छानबिन हुनुपर्ने कांग्रेसको माग छ ।