प्रधानमन्त्रीको सम्बोधनमा मन्त्रीहरु नै अनुपस्थित !

बैशाख , ३ काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनमा प्रभावशाली नेताहरु उपस्थित भएनन् ।

नयाँ बर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका क्रममा प्रभावशाली मन्त्रीहरुहरुले ‘बहिष्कार’ गरेका छन् ।

ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उपस्थित भएनन् ।