बैशाष १, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा भ्रष्टाचार निर्मूल गरी छाड्ने प्रतिबद्धता जाहेर गरेका छन् । नयाँ वर्षको अवसमार देशबासीको नाममा सम्वोधनका क्रममा बालुवाटार निवासबाट प्रधानमन्त्री ओलीले जुनसुकै मूल्य चुकाएर भए पनि भ्रष्टाचार निर्मूल गरीछाड्ने अभियानमा लाग्ने बताएका हुन् ।
जालझेल गरी कब्जा गरिएका सरकारी जग्गाहरु सबै फिर्ता गरिने भन्दै बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा नै भूमाफियाहरुले बेचेको खुलासा भएको र राज्यको सम्पत्तिमाथिको अनधिकृत दोहनलाई छुट नदिइनेमा प्रधानमन्त्रीमा जोड थियो ।
यद्यपि भ्रष्टाचारविरुद्ध लड्न सहज नभएको बताउँदै उनले यसलाई उन्मूलन गर्न लामो समय लाग्न सक्ने पनि बताए । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारका उपलब्धीबारे चर्चा गर्दै पूर्वप्राथमिक शिक्षामा रहेको नेपालको ८६ प्रतिशत विद्यार्थी भर्नादर विश्वमै अग्रपंत्तिमा रहेको पनि उल्लेख गरे ।
हालै सम्पन्न लगानी सम्मेलनमा उपस्थित अन्तर्रा्ष्ट्रिय वित्तीय संस्थाका अधिकारीहरुले नेपाललाई दक्षिण एशियाको उदाउँदो अर्थतन्त्र (राइजिङ्ग स्टार) भनेको र विश्वका विभिन्न मुलुकले नेपालको शान्ति प्रक्रिया र प्रतिस्पर्धामा आधारित हाम्रो सहभागितामूलक शासन पद्दतिलाई प्रेरणादायी र अनुकरणीय तथा लनीको लागि भरपर्दो वातावरण भएको मानिएको समेत प्रधानमन्त्री ओलीले बताए ।
समृद्धिको अर्को पूर्वसर्त शान्ति भएकाले पृथकतावाद अन्त्य भएको दावी गर्न भ्याए प्रधानमनत्रीले । उनले विप्लव समूहप्रति लक्षित गर्दै हिंसात्मक गतिविधि नियन्त्रण गर्न राष्ट्रिय अभियान नै चलाइएको बताए ।
लामो द्वन्द्व र संक्रमणकाल अन्त्य गरेर स्थायीत्वको बाटोमा हिँड्न लागेको मुलुकमा अर्को हिंसाको दुष्चक्रमा मुलकलाई स्वीकार्य हुन नसक्नेमा जोड दिए ।