बैशाष १, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीलाई सम्बोधन गर्दै शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट प्रधानमन्त्री ओलीले सम्वोधनमार्फत शुभकामना दिएको हो ।
प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने क्रममा सरकारका वर्षका उपलब्धीको चर्चा गरेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतलाई वर्षको उपलब्धीमुलक कामको रुपमा व्याख्या गरेका छन् ।