गत आर्थिक वर्ष २०७४र७५मा मा विद्युत प्राधिकरणलाई पौने तिन अर्व खुद नाफा

चैत२९, काठमाडौं — विद्युत प्राधिकरणले गएको आर्थिक वर्ष २०७४र७५मा खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको छपन्नौँ वार्षिक प्रतिवेदनले प्राधिकरणको यो खुद नाफा भएको देखिएको हो ।

त्यसैगरी जगेडा तथा संचित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक भएको पनि देखिएको छ । आर्थिक वर्ष २०७२ र ७३ मा जगेडा तथा संचित कोष २६ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक थियो ।

कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आर्थिक वर्ष २०७४र७५मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए ।

महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ देखिएको हो ।