युरोपा लिग फुटबलको क्वाटरफाइनलको पहिलो खेलमा इंग्लिस क्लब आर्सनलको जीत

चैत२९, काठमाडौं — इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलको क्वाटरफाइनलको पहिलो खेलमा जित हासिल गरेको छ ।

बिहीबार राति भएको खेलमा आर्सनलले इटालियन क्लब नेपोलीलाई २(० गोलअन्तरले हराएको े हो । खेलको १४औं मिनेटमा आरोन राम्सेले आर्सनलको लागि गोल गरेका थिए ।

२५औं मिनेटमा नेपोलीले आत्मघाती गोल गर्न पुगेका थिए । नेपोलीका कलिडाउ काउबलीले आत्मघाती गोल गर्न पुगेपछि आर्सनलले २(० गोलको अग्रता बनाएको थियो ।