नेपालमै खानी उत्खनन गर्छौ, खनिज निकाल्छौं,’: प्रधानमन्त्री केपी शर्मा ओली

चैत२९, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सार्वजनिक र निजी साझेदारी (पिपिपी) मोडलमा सहकार्य गरेर मुलुकको विकास गर्न हतार रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको ५३औं साधारणसभा उद्घघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको अर्थततन्त्रको विकासका लागि पिपिपी मोडलमा काम गर्न तयार भएको बताएको हो ।

उनले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ५५ प्रतिशत पु¥याउन समेत आग्रह गर्दै विगतमा भन्दा अहिलेको सरकार निजी क्षेत्रसँग सहकार्य गर्न उत्साहित भएको बताए । क
व्यवसायीको पक्षमा कानुन बनाउँने वताउदै लगानी आकर्षित गर्नका लागि सरकारले लगानी सम्मेलन आयोजना गरेको प्रधानमन्त्री ओलीले प्रस्ट पारे। सहकार्य गर्न विदेशी लगानीकर्ता पनि उत्साहित देखिएकाले उनले नेपालमा पनि गाडी उत्पादन गर्ने कम्पनी खोल्नुपर्नेमा जोड दिए ।

साना मुलुकले गाडी उत्पादन गरिरहेका वेला नेपालले पनि गर्न नसक्ने कुनै दुविधा नरहेको जिकिर गद प्रधानमन्त्री ओलीले आवश्यक परे पेट्रोल उत्खनन गर्ने दाबी गरे। ‘खानी उत्खनन गर्छौ, खनिज निकाल्छौं,’