चैत २८, काठमाडौं — कर्मचारी समायोजनपछि तोकिएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाट वर्खास्त गरिने भएको छ । समायोजनपछि करिब १२ हजार निजामती कर्मचारीले सरकारले खटाएको ठाउँमा जान अस्वीकार गरेपछि यस्तो निर्णय गरिएको हो ।
समायोजनमा असन्तुष्टि जनाउँदै करिब १२ हजार कर्मचारीले अहिलेसम्म समायोजनको चिठीसमेत नवुझेको संघीय मामिला मन्त्रालयले बताएको छ । मन्त्रालयले समायोजनको चिठी सम्बन्धित मन्त्रालयमै पठाईसकेको छ । यद्यपीन असन्तुष्ट कर्मचारीले चिठी नबुझी समायोजन परिमार्जन गर्न मन्त्रालयसँग गुनासो राखेका छन्।
मन्त्रालयमा निवदेन दिने कर्मचारीमध्ये धेरैजसोले समायोजनको चिठी नबुझेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पनि जायज गुनासोे मात्रै सम्बोधन गर्ने नीति बनाएको छ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयमा आएका गुुनासोमध्ये धेरैजसो गुनासो असन्दार्भिक र नाजायज रहेको बताएका छन् ।