चैत२७, काठमाडौं– डडेल्धुराको धनगाड नजिकै बस दुर्घटना हुँदा, ३१ यात्रु घाइते भएका छन् ।
धनगढीबाट अछाम जाँदै गरेको यात्रुवाहक बस ना ४ ख ६८३६ नम्बरको बस डडेल्धुराको अमरगढी नगरपालिका–११, केआईसिह राजमार्गमा पर्ने धनगाडमा बिहान करिब २ः३० बजे दुर्घटना भएको हो ।
घाइते ३० जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ। गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियालको उपचारका लागि धनगढी रेफर गरिएको छ ।
बसमा ५० भन्दा बढी सवार रहेका थिए । बस ब्रेक फेल भएर मोडमै पल्टेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
बस चालक प्रहरीमा छन् ।