रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको शेयर खुल्दै , मन्त्री वर्षमान पुनले एक हजार कित्ता खरिद गर्ने तयारी

चैत्र २६ काठमाडौं– उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको एक हजार कित्ता खरिद गर्ने बताएका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा वर्षमान पुनले जनताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको एक हजार कित्ताका लागि मन्त्री आवेदन दिने घोषणा गरेको हो ।

जनताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको साधारण सेयर निश्काशनबारे जानकारी दिन मंगबलार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत जारी गरिएको माथिल्लो त्रिशुली थ्री बीमा एक हजार कित्ताका लागि आवेदन दिदा २० कित्तामात्रै परेको स्मरण गर्दै उनले यस पटक भने आफूलाई एक सय कित्ता पर्ने विश्वास लिएको पनि बताए ।

उनले ‘माथिल्लो त्रिशुली थ्री बीमा प्रधानमन्त्रीले पनि आवेदन दिएको यसको सन्देश राम्रो गएकाले आफूले पनि एक हजार कित्ताका लागि आवेदन दिने तयारी गरेको जानकारी गराए ।

मंगलबार दुबै आयोजनाले एकैपटक सार्वजनिक सूचना मार्फत सर्वसाधारणबाट सेयर माग गरेका छन् । दुबै आयोजनाले यही बैशाख ६ गतेदेखि शेयरको बिक्री खुला गर्ने छन्
सान्जेन जलविद्युतमा माथिल्लो सान्जेन १४.८ मेगावाट र सान्जेन जलविद्युत् आयोजना ४२.५ मेगावाट रहेको छ । यो जलविद्युत् आयोजनाले न्युनतम ५० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन माग गरेको छ । दरखास्तका साथ प्रति शेयर एक सय रुपैयाँका दरले पैसा बुझाउनुपर्ने छ ।

यो आयोजनको जमरी पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

Comments are closed.