चैत २६, काठमाडौं — इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको जीत भएको छ । सोमबार राति भएको खेलमा वेष्ट ह्यामलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
इडन हजार्डको दुई गोलको मद्दतमा चेल्सीले वेष्ट ह्याममाथि सहज जित निकालेको हो ।
पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । खेलको २४औं मिनेटमा हजार्डले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । भने ९० औं मिनेटमो फेरी गोल गर्दै २–० को अग्रता बनाएपछि चेल्सीले वेष्ट ह्याममाथि जित हात पारेको हो ।
पाँचौ स्थानमा रहेको चेल्सी जितपछि तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको ३३ खेलबाट ६६ अंक भएको छ । पराजित वेष्ट ह्यामको भने समान खेलबाट ४२ अंक छ ।
यता लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । उसको ३३ खेलबाट ८२ अंक रहंदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३२ खेलबाट ८० अंक छ ।