तारागाउँ रिजेन्सी होटल्सको १५० रोपनी जग्गा सरकारको अधिनमा ल्याउन संसदीय उपसमितिको निर्देशन

चैत २४, काठमाडौ – संसदीय उपसमितिले तारागाउँ रिजेन्सी होटल्सको १५० रोपनी जग्गा नेपाल सरकारको अधिनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले आइतबार समितिलाई प्रतिवेदन बुझाउँदै तत्कालिन तारा गाउँ विकास समितिको नाममा रहेको उक्त जग्गा सरकारको अधिनमा ल्याउन निर्देशन दिएको हो ।

उपसमितिले तारा गाउँ विकास समितिको १५० रोपनी जग्गा होटलको नाममा दर्ता पास गरिदिएको विषयमा छानबिन गर्न १३ बुँदे निर्देशन दिएको छ ।

त्यस्तै तारा गाउँ विकास समितिको १५४ रोपनी जग्गा हडप्ने गरी गरिएको गैरकानूनी भाडा सम्झौतालाई पनि प्रक्रिया पु¥याई रद्द गर्न पनि निर्देशन दिईएको छ ।

उपसमितिले होटल र समितिको पदाधिकारीले अख्तियारको दुरुपयोग गरेको देखिएकाले छानबिन गर्न निर्देशन दिएको हो ।
संसदीय समितिले तारा गाउँ रिजेन्सी होटल्समा भएको अनियमितता छानबिन गर्न सांसद अग्नि सापकोटाको नेतृत्वमा उपसमिति गठन गरेको थियो ।