चैत्र ११, काठमाडौ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई वार्तामा आउन चैत महिना सम्म अल्टिमेटम दिएका छन ।
नेकपाको संसदीय दलको सोमबारको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो अल्टिमेटम दिएका हुन ।
चैत महिना सम्म सवै हतियार विसाएर वार्तामा नआए चन्द समूहका हिंसात्मक गतिविधि रोक्न राज्यले भूमिका खेल्ने ओलीले वताएका छन । उनले चन्द नेतृत्व प्रति कडा हुने संकेत गरेका छन ।
यता चन्द नेकपाका पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा विरहीले आफ्नो पार्टी वार्तामा आउन तयार भएको तर ओली वादलको वहिरगमन पूर्वसर्त हुने संचार माध्यममा वताएका छन ।