चैत ११, काठमाडौ – सरकारले विप्लव समूहका नामले चिनिने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सहयोग गर्नेलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ । विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ गर्ने क्रमलाई पछिल्लो समय सरकारले निरन्तरता दिएको छ
आइतबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले विप्लव समूहका आपराधिक तथा विध्वंशात्मक क्रियाकलापमा प्रत्यक्ष र परोक्ष रुपमा आर्थिक तथा अन्य सहयोग गर्नेहरुलाई पनि कारबाही गर्ने उल्लेख गरेको छ ।