चैत्र १०, काठमाडौं – निर्वाचन आयोग आइतवारवाट नेतृत्वविहीन हुँदैछ । प्रमुख आयुक्त अयोधीप्रसाद यादवको समयावधी आजबाट सकिएसंगै आयोग नेतृत्वविहीन हुने भएको हो ।
यादवसगै आयुक्त इला शर्माको ६ वर्षे कार्यकाल पनि आजै सकिदैछ । दुबै जनाको नियुक्ति २०६९ साल चैतमा भएको थियो ।
यादवकै नेतृत्वमा ७ सय ५३ स्थानीय तह, प्रतिनिधिसभा, राष्ट्रिय सभाको साथै सातवटै प्रदेशको निर्वाचन सम्पन्न भएको थियो । पाँच सदस्यीय आयोगमा दुईजनाले अवकास पाएपछि आयुक्त नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौडेल र सुधीरकुमार शाह रहने छन् । उहाँहरुको नियुक्ती भने २०७३ सालमा भएको हो ।