चैत १०, काठमाडौं –लामो समय देखि आन्दोलनरत सेयर बजारका लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डमा ताला लगाएका छन् ।
सेयर बजार लगानीकर्ता दबाव समूहले आइतबार बिहान जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएको हुन । उनिहरु सेयर बजार सुधार र विस्तारका चरणबद्ध आन्दोलन गर्दै आएका छन ।
आम लगानीकर्ताको आवाज नसुनेको र भष्ट्राचारको सेटिङ मिलाउने काममा धितोपत्र वोर्ड लागेको हुदा ताला लगाउन परेको समूहका अध्यक्ष हरि ढकालले वताएका छन ।