तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुंदैन – प्रधानमन्त्री ओली

चैत ३, काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रीपरिषद् पुनगर्ठन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो,’ उनले भने, ‘तत्काल पुनर्गठन हुँदैन ।’  यस्तै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनाधिकृत संस्था भएको पनि बताए । नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको ओलीको आरोप छ ।

‘जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो– सरकारले चिन्दैन,’ प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभएको र सो समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै गरेकाले प्रतिबन्ध लगाइएको स्पष्ट पारे ।