फागुन ३०, काठमाडौ — चन्द नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीका महासचिब नेत्र विक्रम चन्दले चन्दा आफ्नो नौसर्गिक अधिकार भएको जनाएको छ।
पार्टीका महासचिव समेत रहेका विप्लपले २९ गते वक्तव्य निकाल्दै आफूहरूले कुनै विदेशी केन्द्रबाट पैसा नलिएको र दलाली नगरेको जनाउँदै आफ्नै बलबुतामा क्रान्ति अगाडी बढाउने क्रममा चन्दा उठाएको र यसरी चन्दा उठाउनु आफ्नो नौसर्गिक अघिकार भएको बताएका छन् ।
यसैगरी विज्ञप्तिमा सरकारले दमन गरे उपयूक्त जवाफ फर्काउने चेतावनी समेत दिएका छन् । फागुन २८ गते मङ्गलबार बालुवाटार प्रधानमन्त्री निवासमा बसेको मन्त्रिमण्डल बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधि आपराधिक भएको भन्दै प्रतिबन्ध लगाएपछि सोको विरूद्ध प्रतिक्रिया दिदैं उनले वक्तव्यमार्फत दिने क्रममा यस्तो बताएका हुन।