फागुन ३०, काठमाडौ —प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अदालतमा बिचौलिया चिनेर रोक्न, न्यायाधीश र कर्मचारीको अनुशासनसमेत अनुगमन गरी प्रतिवेदन पेस गर्न मुख्य न्यायाधीशलाई अधिकारसहितको लिखित निर्देशन दिएका छन् । अदालतमा बिचौलियाका कारण सिर्जना हुनसक्ने समस्या र विचलन रोक्न त्यस्ता व्यक्तिको पहिचान गरी अदालत प्रवेशमा रोक लगाउने सम्बन्धमा प्रभावकारीरूपमा कार्य गर्नू’ प्रधानन्यायाधीशको निर्देशनमा उल्लेख गरिएको छ ।
त्यस्तै न्यायाधीशले अवकाश हुने अन्तिम दिनसम्म मुद्दा हेर्ने प्रवृत्ति बढ्दै गएपछि जबराले न्यायाधीशलाई बिदा लिएर बाँकी रहेका फैसला लेख्न लिखित निर्देशन दिएका छन् ।