फागुन ३०, काठमाडौ —नेकपा नेतृत्वको सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि देश तरङ्गित भएको छ । जनयुद्धका सहयात्री रामबहादुर थापा ‘बादल’को प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाएपछि विप्लवका नेताहरुले कडा प्रतिक्रिया दिएका छन् ।
विप्लवका पोलिटब्यूरो सदस्यहरुले सरकारले हठातरुपमा प्रबतिबन्ध लगाउँदै आपराधिक संगठन घोषणा गरेका छन् ।