फागुन २९ काठमाडौ — मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले विप्लव समूहका गतिविधिमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन सरकारसित माग गरेको छ । स्थायी समिति बैठकको निर्णय सार्वजनिक गर्दै विज्ञप्ति मार्फत सो कुरा माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ ‘राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा गर्न, धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न, प्रतिबन्ध फिर्ता गर्न सरकारसित विशेष माग गर्दछ’ । देशमा लुटपाट मच्चाउने र आपराधिक गतिविधि गरेको भन्दै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।