साफ महिला फुटबल — माल्दिभ्सविरुद्ध भारतको पाँच गोल

फागुन २९, काठमाडौ — मंगलबारदेखि विराटनगरको सहिद रंगशालामा सुरु साफ महिला च्याम्पियन्सिप फुटबल प्रतियोगितको दोस्रो दिनको खेलमा भारतले माल्दिभ्सविरुद्ध पहिलो हाफमै ५ गोलको अग्रता बनाएको छ ।
मंगलबार भएको उद्घाटन खेलमा नेपाले भुटानलाई ३ ० गोलअन्तरले पराजित गरेको थियो । महिला साफ च्याम्पियन्सिपमा भारत चार पटकको च्याम्पियन हो ।