वर्ल्डलिङ्कले निःशुल्क इन्टरनेट सेवा सेवा विस्तार गर्ने

फागुन २७ काठमाडौ – इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले एक वर्ष्भित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ ।
कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्ष्भित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानकारी दिए । वर्ल्डलिङ्कले अहिले तीन हजार ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।
सेवाग्राहीले एकपटकमा ‘लगइन’ गरेपछि करीब एक घण्टा ३० मिनेट निःशुल्करूपमा इन्टरनेट चलाउन सक्नेछन् । कम्पनीले पर्यटकीय क्षेत्र, बजारका मुख्यमुख्य स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आइरहेको छ । यसैगरी अधिकांश स्थानीय तहमा इन्टरनेट पु¥याएको वल्र्ड्लिङ्कले सन् २०२२ सम्म सबै स्थानीय तहमा इन्टरनेट सेवा पु¥याउने लक्ष्य लिएको छ ।