साउनबाट सुरु हुने बेरोजगारलाई १०० दिन कामका लागि निवेदन आह्वान

फागुन २६, काठमाडौ — सरकारले आगामी साउनबाट बेरोजगारलाई कम्तिमा १०० दिन काम दिने भएको छ । त्यसको लागि निवेदन दिन आह्वान गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार नागरिकलाई न्यूनतम रोजगार दिनका लागि निवेदन माग गरेको हो ।
चैत्र महिनाभित्र निवेदन दिन भनिएको छ । बेरोजगार व्यक्तिले आफू स्थायी बसोबास गरेको स्थानीय तहको वडा कार्यालयमा निवेदन दिन सक्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

आगामी आर्थिक वर्ष २०७६र०७७ का लागि न्यूनतम एक सय दिन रोजगार दिने उदेश्यले सरकारले निवेदन माग गरेको हो। बेरोजगार व्यक्तिले आफूसँग भएको सीप, योग्यता, वा क्षमता समेत उल्लेख गरेर रोजगार सेवा केन्द्रमा निवेदन दिनुपर्नेछ।

यसरी निवेदन दिँदा निवेदकले काम गर्न चाहेको समय, क्षेत्र र ठाउँसमेत खुलाउनु पर्नेछ। निवेदनमा हालको रोजगारीको अवस्था र अनुभव भएमा सो समेत बुझाउनुपर्ने प्रधानमन्त्री रोजगार कार्यक्रमले जारी गरेको सूचना उल्लेख गरिएको छ ।