टीकापुर घटनाः रेशम चौधरी सहित ११ जनालाई जन्मकैद

फागुन २२, काठमाडौ – जिल्ला अदालत कैलालीले टीकापुर घटनाका दोष्ीलाई जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरी सहित घटनामा संलग्न ११ जनालाई दोषी ठहर गरेको हो ।

जिल्ला अदालतले मुख्य अभियुक्त रेशम चौधरीसँगै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, रनजेश चौधरी, वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी, श्रवण चौधरी र गंगारमक डगौरा चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३०) अनुसार जन्दकैलको सजाय सुनाएको हो ।

जिल्ला अदालतले लक्षण थारुसहित १२ जना प्रतिवादीलाई तीन वर्ष कैद सजाय सुनाएको छ । ती मध्ये लक्ष्मण थारुले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् ।

थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो ।