फागुन २२ गते तपाईको आज —राशिफल

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागि कला साहित्यमा रुचि बढ्नेछ । विद्यामा सफलता हासिल हुने समय छ । कार्यमा पदोन्नोतीको हुनेछ ।

वृष राशिको लागि प्रतिभाको कारण अरुको मन जित्न सकिन्छ । पारिवारिक सद्भाव बढ्नेछ । आतिथ्य सत्कारको अवसर मिल्नेछ ।

मिथुन राशिको लागि गलत काममा फस्न सकिन्छ सोचविचार गरेर मात्र अगाडी बढ्नु होला । पेटमा समस्या आउँला । अनावश्यक झमेलामा पर्ने समय छ ।

कर्कट राशिका लागि नजिकको मान्छेबाट धोका हुनसक्छ । नयाँ कामको थालनी गर्नलाई ढिलाई हुनेछ । स्वास्थ्यका प्रतिकुलता आउँनेछ ।

सिंह राशिका लागि चिताएको काममा सफलता मिल्नेछ । वैदेशिक यात्राको योग देखिन्छ । प्रमीको सहयोगबाट गरेको काममा सफलता मिल्नेछ ।

कन्या राशिका लागि प्रतिस्पर्धामा सफल भैनेछ । राजनितिक क्षेत्रबाट विशेष मानसम्मान मिल्ने अवसर प्राप्त होला । लामो समय रोकिएको धन हात पर्नेछ ।

तुला राशिका लागि व्यापारमा घाटा हुनसक्छ । अनावश्यक कार्यमा मन जानाले झमेला आईपर्न सक्छ । सामाजिक विचलन आउँनेछ ।

वृश्चिक राशिका लागि अरुको लागि समय खर्च हुनेछ । काममा बढि परिश्रम खर्चनु पर्नेछ । खानाका कारण स्वास्थ्यमा समस्या आउँन सक्छ अल्लि सचेत रहनु होला ।

धनु राशिका लागि मित्रसँग भेटघाटको अवसर जुर्नेछ । बौद्धिकतामा निखार आउँनेछ । रचनात्मक काममा रुचि बढ्नेछ ।

मकर राशिका लागि जग्गा जमिनको कारणले पारिवारिक सम्बन्धमा समस्या बढ्नेछ । अनावश्यक कुरामा खर्च बढ्दै जानेछ । गरेको काम असफल हुनेछ ।

कुम्भ राशिका लागि सम्बन्धमा विश्वास बढ्ंदै जानेछ । श्रृङ्गारमा रुचि बढ्नेछ । उपहार प्राप्त हुनसक्छ ।

मीन राशिका लागि जोश जागर घट्नेछ । काममा केही बाधा आउँन सक्छ । स्वास्थ्यमा समस्या बढ्दै जानेछ ।

यसदिनमा दिनको १२ देखि १. ३० बजेसम्म राहुकाल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।