राहत शिक्षकको आन्दोलनमा अश्रु ग्याँस प्रहार

फागुन २० काठमाडौ — राहत र बालविकास शिक्षकहरुले पेशागत सुरक्षा र स्थायीत्वको माग गर्दै नयाँ बानेश्वरमा गरिएको प्रर्दशनीमा प्रहरीले हस्तक्षेप गरेको छ ।
आन्दोलनको क्रममा उनीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि प्रहरीले पानीको फोहोरा र अश्रु ग्याँस प्रहार गरेको छ ।

राहत शिक्षकहरु विभिन्न माग गर्दै लामो समयदेखि आन्दोलनरत छन्। यस अघि उनीहरुको आन्दोलनमा प्रहरीले आइतबार पनि हस्तक्षेप गरेको थियो।