एसियन लाइफको हकप्रद सेयर भर्ने भोलि अन्तिम दिन

फाल्गुन २०, काठमाडौ– एसियन लाइफ इन्सुरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने भोलि (मंगलवार) अन्तिम दिन हो । इन्सुरेन्सले ६० प्रतिशत हकप्रद सेयर दिदैछ ।

कम्पनीले एक बराबर छ को अनुपातमा ७५ लाख ४० हजार तीन सय ४२ दशमलव ७३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यस हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

कम्पनीले उक्त हकप्रद बिक्री गर्न फागुन २२ गते बुक क्लोज गर्ने भएको छ । फागुन २१ गतेसम्म कायम सेयरधनीले यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।