धनुषामा र सिराहा मा हिन्दु राष्ट्र माग्दै राप्रपा

फागुन १८, काठमाडौ — धर्म निरपेक्षताको खारेजी र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको माग गर्दै ताप्लेजुङबाट यात्राको सुरुवात गरेको राप्रपाले चौथो दिन आज २ नम्बर प्रदेशका २ जिल्ला धनुषा र सिराहामा सभाको तयारी गरेको छ ।
दिउँसो२ बजेपछि धनुषाको जानकी मन्दिर परिषरमा हुने सभामा पार्टी अध्यक्ष कमल थापासहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । सभामा पार्टीमा रहेका ३ फरक धर्मालम्बीहरु अध्यक्ष कमल थापा लगायतले सम्बोधन गर्ने भएका छन् ।