राजकीय सम्मानका साथ गरियो मन्त्री अधिकारीको अन्त्यष्टि

फागुन १७, काठमाडौ – पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ गृहनगरस्थित रामघाटमा अन्त्यष्टि गरिएको छ ।
उनलाई जेठा छोरा विराजले दागबत्ति दिएका थिए । नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो ।
मन्त्री अधिकारीलाई अन्मित संस्कारका लागि पोखराको प्रदर्शनी केन्द्रदेखि महेन्द्र पुल–रानीपौवा हुँदै क्षेत्रीय अस्पताल मार्गबाट शवयात्रा निकाल्दै रामघाटमा पुर्याइएको थियो ।