मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार कास्कीमा, आज श्रद्धाञ्जलिका लागि खुलामञ्चमा राखिने

 

फागुन १६, कठमाडौ— पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुने भएको छ ।

कास्की क्षेत्र नं २ बाट संघीय संसदका लागि निर्वाचित अधिकारीको शव काठमाडौ ल्याएपछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरिनेछ । त्यस पछि नेकपाको केन्द्रिय कार्यालय हुदै श्रद्धाञ्जलीका लागि टुडिखेलमा लगिने कार्यक्रम रहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले इमेल खवर डटकमलाई वताए ।

उनका अनुसार शुक्रबार पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने तयारी भइरहेको छ । सवा एक वजे सम्म शव काठमाडौ ल्याइने उनले वताए ।

स्वकीय सचिव आचार्यका अनुसार अधिकारीको शव काठमाडौं ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ । त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने छ । गृहमन्त्रालयले निर्णय गरेपछि काठमाडौं खुलामञ्चमा सम्मानका लागि लगिनेछ ।