हेलिकप्टर दुर्घटनाका मृतकको पोस्टमार्टम आज गरिने

फागुन १६, काठमाडौ — ताप्लेजुङमा बुधबार एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सबैको पोस्टमार्टम बिहीबार (आज) हुने भएको छ ।
ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रबीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।
नेपाली सेनाले चार वटा मात्रै शव सुकेटार विमानस्थल ल्याएको छ ।’ यद्यपी मौसम खराबका कारण ३ वटा शवहरु अझै घटनास्थलमै छन् ।
मन्त्री अधिकारी सहित मृतकलाई राजकिय सम्मानका साथ अन्त्यस्टी गरिने र शोक मनाउन आज सार्वजनिक विदा दिइने बुधबार बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले निर्णय गरिसकेको छ ।