मौसम खराबका कारण हेलिकोप्टर दुर्घटना — गृहमन्त्रालय

फागुन १५, काठमाडौ — ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना खराब मौसमका कारण भएको गृहमन्त्रालयले बताएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताएका हुन् ।
दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । पाथीभरा दर्शन गरि फर्किदै गर्दा करिव १ः३० वजे तिर सिस्ने जंगल दाह्रेडाडामा हेलिकोप्टर दुर्घटना भएको हो ।