हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको मृत्यु

फागुन १५, काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भएको छ ।

मंन्त्री रविन्द्र अधिकारीको अनुहार चिनिए पनि अन्य मृतकको अनुहार समेत चिन्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी हवल्दार परसुराम रावतले घटनास्थलमा खटिएका हवलदार वेदकुमार अर्याललाई उदृत गदै वताएका छन । हेलिकप्टर अझे जलिरहेको छ ।

पाथीभरा दर्शन गरि फर्किदै गर्दा करिव १ः३० वजे तिर सिस्ने जंगल दाह्रेडाडामा हेलिकोप्टर दुर्घटना भएको हवलदार रावतले वताए ।